२१ असार २०८३, आईतवार
,
Latest
किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी गठबन्धनको बैठकमा देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा विपक्षी गबन्धनका नेताहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल र उपेन्द्र यादवसँग छलफलमा जुटेका छन् । 

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको कुनै धारा उल्लेख नगरेकोमा प्रधानमन्त्री देउवा रुष्ट हुदै अहिले शितलनिवासमा परामर्श गरिरहेका छन् । 

ससपथग्रहण समारोह सुरु हुन ढिलाई भैरहेको बेला देउवाले सपथग्रहण लिनको लागि विज्ञप्ती तत्काल सच्याउनुपर्ने अडान राखेका छन् ।

राष्ट्रपति कार्यालयले भने संविधानको कुनै धारा उल्लेख नगरी सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्ती जारी गरेको थियो। विपक्षी गठबन्धनका नेताहरुले भने देउवाको प्रधानमन्त्रीमा नियुक्ती संविधानको धारा ७६ को ५ अनुसार भएकोले सोहीअनुसार राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्नुपर्ने धारणा राखेका छन् ।

सपथग्रहण साँझ ६ बजेको लागि तय भएपनि ७ बजिसक्दापनि सपथग्रहण सुरु भएको छैन् । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दैछन् । जसमा कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्की मन्त्री बन्दैछन् । उता, माओवादी केन्द्रबाट भने जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री बन्दैछन् । शर्मा अर्थ र भुषाल उर्जामन्त्री बन्न लागेका हुन् ।