• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

दोहोरो अङ्कले बढ्यो नेप्से



symbolic picture

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता शेयर ५४ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३८ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ, वित्त र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैकिङ समूह सात दशमलव ४६, वित्त समूह शून्य दशमलव २५ र अन्य समूह २३ दशमलव ९५ अङ्कले घटेको छ । सबैभन्दा वृद्धि देखिनेमा जीवन बीमा समूहको उपसूचक दुई सय ६६ दशमलव १६ र निर्जीवन बीमा समूहको उपसूचक एक सय ८८ दशमलव २९ अङ्कले बढेको छ ।

त्यस्तै, विकास बैंक २८ दशमलव २४, होटल तथा पर्यटन समूह एक सय १८ दशमलव ०२, जलविद्युत् समूह ३६ दशमलव ५६, लगानी समूह शून्य दशमलव १६ र उत्पादन समूह ४० दशमलव ९५ अङ्कले बढेको छ । लघुवित्त समूहको उपसूचक ४७ दशमलव ९३, म्युचुअल फन्ड शून्य दशमलव १८ र व्यापार समूह १९ दशमलव १३ अङ्कले बढेको पनि नेप्सेले जनाएको छ ।

आज सानिमा जनरल इन्सोरेन्स कम्पनी लिमिटेड, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेडलगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बढी गुमाउनेमा भने राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फन्ड–१, जानकी फाइनान्स कम्पनी लिमिटेड र पिपुल्प हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् । आज सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रू १० करोड १४ लाख ८६ हजार बराबरको कारोबार भएको छ । रासस