२१ असार २०८३, आईतवार
,
Latest
किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाहिरियौँ : नेम्वाङ



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निवर्तमानमन्त्री वसन्तकुमार नेम्वाङलाई बिदाइ गरेको छ । मन्त्रालयमा आयोजित समारोहमा सचिव हरिप्रसाद बस्याल, उच्चपदस्थ कर्मचारी एवं विभाग, प्राधिकरण, समिति र संस्थानका पदाधिकारीले मन्त्री नेम्वाङलाई बिदाइ गर्नुभएको हो । कार्यक्रममा निवर्तमान मन्त्री नेम्वाङले संसदीय प्रणाली र दलीय व्यवस्थाभन्दा बाहिर गएर अदालतले फैसला गरे पनि कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाध्यात्मकरूपमा सरकारबाट बाहिरिनुपरेको बताउनुभयो । 

उहाँले शक्तिपृथकीकरणको सिद्धान्तविपरीत अदालतको फैसला आएको भए पनि त्यसलाई स्वीकार गरेर आफूहरू सरकारबाट अलग भएको उल्लेख गर्नुभयो । परमादेशभन्दा जनादेश नै ठूलो हुने भएकाले सबै विषयको निरुपण समेत जनताले नै गर्ने उहाँको भनाइ थियो । जनताले गर्ने फैसला नै सबैभन्दा ठूलो विषय हुने मन्त्री नेम्वाङको भनाइ थियो । 

अदालतको अनपेक्षित फैसलापछि आफूले यस मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुपरेको उल्लेख गर्दै उहाँले पुनःअदालतकै त्यस्तै फैसलापछि बाहिरिएको बताउनुभयो । उहाँले जे जति दिन काम गर्न पाइयो, त्यसमा गौरवका साथ कार्यसम्पादन गरिएको स्पष्ट पार्नुभयो । मन्त्रालयका सचिव बस्यालले मन्त्रालयले अत्यन्तै परिपक्व नेतृत्व र अभिभावक पाएको भन्दै छोटो समयमा पनि प्रभावकारी कार्यसम्पादन भएको बताउनुभयो । परिस्थिति फेरिएकाले यसलाई सहजरुपमा लिएर आगामी दिनमा कार्यसम्पादन गर्ने उहाँको भनाइ थियो । सो अवसरमा मन्त्रालय मातहतका विभाग, प्राधिकरण, संस्थान र समितिका पदाधिकारीको उपस्थिति थियो ।