२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शितलनिवासबाट किन बाहिरिए श्रेष्ठ ?



file
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठ शितलनिवासबाट बाहिरिएका छन् ।  प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाको सपथग्रहण कार्यक्रममा ढिलाई गरिएको भन्दै श्रेष्ठ शितलनिवासबाट बाहिरिएका हुन् । 

सपथग्रहण ६ बजेको लागि तोकिएको थियो । प्रधानमन्त्रीमा नियुक्त देउवाले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्तीमा संविधानको कुनै धारा उल्लेख नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

प्रधानमन्त्रीमा नियुक्त देउवासँगै कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्की, र माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुषालले सपथ लिने कार्यक्रम छ । 

यसबारेमा कांग्रेसको तर्फबाट ज्ञानेन्द्र बहादुर कार्की र पुष्पा भुषालले राष्ट्रपति कार्यालयका अधिकारीसँग छलफलसमेत गरेका छन् ।