काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नबनियुक्त प्रधानमन्त्री देउवा लाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
सोही समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरु लाई सपथ गराउनु भएको छ । नब नियुक्त मन्त्रीहरुमा बालकृष्ण खाँण गृह , ज्ञानेन्द्रबहादुर कार्की कानुन जनादर्न शर्मा अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रीको रुपमा सपथ गराईएको छ ।
नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री देउवा प्रधानमन्त्री नियुक्त हुनु भएको हो । यस अघि राष्ट्रपति कार्यलय जारी गरेको बिज्ञप्तिमा सबिधानको धारा नखुलाईएको भन्दै देउवाले सपथ लिन इन्कार गरेपछि राष्ट्रपति कार्यलयले शंसोधन गरेको थियो ।