१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सांसदहरुले गरिमा र महत्व बुझेर कदम चाल्नुपर्छ : सभामुख घिमिरे

सांसदहरुले गरिमा र महत्व  बुझेर कदम चाल्नुपर्छ : सभामुख घिमिरे
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ । माघ ५ गते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको थियो भने माघ ७ गते भएको उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित हुनुभएको थियो ।

निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसक्नुभएको छ । कुनै दलको नेता भएर सभामुखले काम गर्नुभएको छ, भन्नेजस्ता विगतमा लाग्ने गरेका आरोपहरुबाट टाढा रहने चुनौति अहिलेका सभामुख र उपसभामुखलाई रहेको छ । दुवैले पार्टीगत रुपमा टाढा रहेर पार्टीका कुनै क्रियाकलपमा सहभागी नबनी सदनको भुमिका तटस्थ रुपमा नर्वाह गर्ने प्रतिवद्धता जनाइसक्नुभएको छ । यसको परीक्षा आगामी दिनमा हुँदै जाने नै छ ।

सभामुखले संसदको नेता (सभामुख) को रुपमा तटस्थ भुमिका भुमिका निर्वाह गर्नुपर्छ । आफ्नो भुमिका कुनै दलगत नभइ सभामुखको रुपमा रहने सभामुख घिमिरेले बताइसक्नुभएको छ । उहाँले नयाँ दल र नयाँ नेताहरु भएपनि दलगत प्रणालीबाटै आउकाले आधारभुत रुपबाट खासै फरक नरहेको बताउनु भयो । सभामुखको आगामी काम, कर्तव्य र संसदमा आफ्नो भुमिकाबारे न्युज एजेन्सी नेपालसँगको सम्पादित अंश यस्तो छ ।

 अहिलेको समयानुकुल आँखाले हेर्दा प्रतिनिधि सभालाई कसरी हेर्नुभएको छ र कसरी बुझ्नुभएको छ ?

प्रतिनिधि सभा स्वभाविक रुपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरुको सभा हो । अथवा जनताको सार्वभौम सत्ता प्रयोग हुने थलो हो । जसरी आएको छ, हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरुसहितको आएको छ । र संख्याको हिसावले अलि ठूलो संख्यामा आएको छ । अनुभवको हिसावले पनि अलि नयाँनयाँ पार्टी, नयाँनयाँ नेताहरु आउँदा त्यो खालको अनुभव भन्दा बाहिरका अनुभवहरुसहित आउनुभएको छ । त्यो बाहेक एउटा प्रणालीबाट आउनुभएको छ । पार्टीबाट आउनुभएको छ र दलगत प्रणालीमा आउनुभएको दलको हिसावबाटै चल्नुहुन्छ । चल्नुपर्छ । त्यसमा हिजोको तुलनामा अलि फरक छ भन्नु स्वभाविक हो । तर आधारभुत रुपबाट त्यस्तो खास फरक छैन । त्यस्तो नयाँ मैले महशुस गरेको छैन ।

 परम्परागत रुपमा रहेका राजनीतिक शक्ति र उनीहरुको प्रतिष्पर्धीका रुपमा आएका शक्तिहरु बीचको द्वन्द्व देखिने हो कि भन्ने शंका पनि छ, तपाई सभाको रेफ्रीको भुमिकामा हुनुहुन्छ, कसरी कार्यसम्पादन गर्नुहुन्छ ?

एउटा प्रणालीमा आइसकेपछि प्रणालीको आधारबाट चल्नुपर्छ र चल्नुहुन्छ भन्ने मेरो विश्वास छ । खेलका नियमहरु भएजस्तै यहाँ पनि ऐन, नियम, परिपाटी र पद्धतीसम्मत ढंगबाट गएरै त्यसको रिजल्ट निकाल्ने कुराहरु हुन्छ । त्यो दिशामा सबै माननीयज्युहरुहरुले भुमिका निर्वाह गर्नुहुन्छ र आइपरेका चुनौतिहरु भनेको जिम्मेवार नेताहरुको थलो भएको हुनाले, जिम्मेवार पार्टीहरु त्यहाँ भएको हुँदाखेरी जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतिहरुलाई समाधान गर्न सकिन्छ । गर्नुहुन्छ । त्यो सहयोग मैले पाउँछु भन्ने मेरो बलियो आत्मविश्वास रहेको छ ।

अहिलेको संसद त्रिशंकु अनि सरकार पनि, सरकार आफू बलियो भइराख्न संसदको सबैभन्दा बढी साहारा खोज्ने गर्छ, यस्तो बेलामा तपाई निरपेक्ष तटस्थ हुने की सापेक्ष सहयोगी हुने ?

राजनीतिले नै सबै कुराको छिनोफानो गर्छ । यो राजनीतिक छलफल, बहस गर्ने ठाउँ हो । त्यसलाई निकास दिनकै लागि तदनुकुलकै यसका व्यवस्थाहरु गरेका हुन्छन् । भन्नाले ऐन पनि तदनुकुल बनेको हुन्छ । नियमावली पनि तदनुकुल बनेको हुन्छ । निस्कर्ष पनि तदनुकुल नै निस्किन्छ । त्यही दिशाबाट जाँदा संसदको स्वरुप सरकारमा हुनु स्वभाविक छ । सरकार संसदमाथि निर्भर हुनुपनि स्वभाविक छ । तर त्यसको निकास त्यही ढंगले जानुपर्छ भन्ने मान्यता मैले राख्छु ।

संसदभित्र सांसदहरुको प्रश्तुति, भाषा, शैली खस्किँदै गएको भन्ने गरिन्छ, संसदको गरिमालाई फर्काउन कसरी काम गर्नुहुन्छ ?

यसलाई फर्काउने र धेरै अगाडी बढीसकेको वा हिजो यस्तो चाहीँ बेठिक थियो भनेर धेरै टिप्पणी गर्ने भन्दापनि ठिक ढंगले लैजान के गर्नुपर्छ भन्ने दिशाबाट सोच्नुपर्छ । त्यो सोच्नको लागि मुलतः जिम्मेवार राजनीतिक पार्टीहरु र निर्वाचित भएर आउनुभएका आम सांसदहरु हामी कुन ठाउँमा छौँ ? हाम्रो गरिमा के हो ? हाम्रो महत्व के हो ? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ ? मान्न योग्यहरुले गर्ने व्यवहारहरु के हुन्छन् ? तरिकाहरु के हुन्छन् ? प्रणालीहरु के हुन्छन् ? भन्ने कुरामा काहीँ कतै कमजोरीहरु विगतमा भए, अथवा अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भिर बनाउनुपर्छ । र गम्भिर बनाउने मामिलामा सबैको दायित्व छ । मैले एउटा जिम्मेवारीमा बसेर यो भावनाका साथ काम गर्छु भन्ने सञ्चारको हिसावले भन्ने हो भनेदेखि यहाँहरुको पनि त्यो दिशामा सहयोग हुँदै आएको छ र अरु बढी सहयोगको जरुरी पनि पर्नसक्छ भन्ने मलाई लाग्छ ।

संघीय संसद विदेशी दातृ निकाय खेल्ने ठाउँ जस्तो अथवा उनीहरुको एजेण्डा चलाउने जस्तो भयो भन्ने आलोचना पनि छ, यी अवाञ्छित क्रियाकलापहरुबारे तपाईको बुझाई के छ ?

यहाँले जुन तहमा भन्नुभयो अहिले म त्यो तहमा बुझाई राखेर त्यसमाथि प्रतिक्रिया दिइहाल्नुपर्ने ठाउँमा पुगिसकेको छैन ।

संसदीय गतिविधिलाई बाहिर लैजान नियमित रुपमा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरुको अहम् भुमिका हुन्छ, पत्रकारहरुमार्फत संसदका विषयवस्तुहरुको सही सम्प्रेषणका लागि कस्तो भुमिका हुन्छ ?

विगतबाट शिक्षा लिनु नै पर्छ । विगतमा त्यस्ता नकारात्मक शिक्षाहरु केही छन्, त्यस्ता केही घटनाहरु छन्, त्यस्तो प्रवृत्ति छन् भने त्यसलाई बिना पूर्वाग्रह त्यसबाट शिक्षा लिने र आफ्नो भुमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने । पक्ष, विपक्ष भएर आएको छ भने दुइवटै पक्षहरु यसमा जिम्मेवार भएर अगाडी बढेर राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा सबै पक्ष त्यसमा पनि यहाँले भनेजस्तो छ भने त्यो दुईवटा पक्षका बीचमा मिलाएर जानुपर्छ । यो महत्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ ।