१३ असार २०८३, शनिबार
,
Latest
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दामाथि आज सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज बुधबार पूर्ण सुनुवाइ हुँदैछ ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते गृहमन्त्री नियुक्त भएका थिए । रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख गरिएको छ ।

यसअघि गत पुस २२ गते संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेको इजलासमा बहस भएको थियो ।

विदेशी नागरिकता त्याग्नुभन्दा पहिले नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ ।