५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलका अभिव्यक्तिमा इमान होइन, अवसरवाद छचल्कियो: प्रदिप ज्ञावली



अ+ अ-

काठमाडौं । नेकपा एमालेमा उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उठाउनु भएको राष्ट्रिय सहमतिको कुरामा इमान होइन, अवसरवाद छचल्किएको टिप्पणी गर्नुभएको छ ।

नेता पौडेलले मंगलबारको प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय सहमति‘ को आवश्यकता औंल्याउनु भएको थियो । पौडेलको भनाई माथी सामाजिक संञ्जालमा एक स्टाटस राख्दै नेता ज्ञवालीले पौडेलका अभिव्यक्तिमा इमान होइन, अवसरवाद छचल्कियो भन्दै टिप्पणी गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

आज प्रतिनिधिसभामा बोल्दै नेपाली कांग्रेसका नेता माननीय रामचन्द्र पौडेलले ‘राष्ट्रिय सहमति‘ को आवश्यकता औंल्याउनु भएको रहेछ । यसको औचित्यका आधारका रुपमा उहाँले तीनवटा विषयलाई अगाडि सार्नुभएको रहेछ– समस्याग्रस्त अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रिया नटुंगिएको अवस्था ।

यी विषयहरू आज मुलुकले भोग्नु परेका गंभीर चुनौती हुन् भन्नेमा सन्देह छैन । तर माननीय रामचन्द्र पौडेल एउटा प्रश्नमा भने मौन रहनुभएको छ– यी समस्या आज अचानक देखा परेका हुन् कि हिंजैदेखि विद्यमान थिए रु समस्या त हिजै देखि विद्यमान थिए । तर आज अचानक यो ‘बोधिसत्व’ कसरी देखा प-यो ? अदालतलाई प्रयोग गर्दै जननिर्वाचित सरकारलाई विस्थापन गर्दा, सदनको सबैभन्दा ठूलो दललाई विभाजन गर्ने प्रयोजनकै लागि रातारात अध्यादेश ल्याउँदा, प्रतिपक्षका विरुद्ध सत्तापक्षीय गठबन्धन, घेराबन्दी र निषेधको बाटो अख्तियार गरिरहँदा र सत्तामा रहेर प्रतिपक्षलाई निमिट्यान्न पार्ने उद्घोष गरिरहँदा राष्ट्रिय सहमतिको विषय कता हराएको थियो होला रु निर्वाचनको परिणामले दिएका केही गंभीर सन्देश र मुलुकका सामु उपस्थित चुनौतीका बारेमा सार्थक छलफल गरौं भन्ने प्रस्तावलाई उपेक्षा गरिरहँदा सहमतिको विषय कुन विस्मृतिको गर्तमा पुरिएको थियो होला रु पुस १० गते बिहानसम्म पनि सबै प्रमुख कार्यकारी र संवैधानिक पदहरुमा एकल वर्चस्व कायम गर्न खोजिरहँदा राष्ट्रिय सहमति कता गायब थियो होला ?

त्यसैले आज यी विषयहरु उठाइरहँदा माननीय रामचन्द्र पौडेलका अभिव्यक्तिमा इमान होइन, अवसरवाद छचल्कियो ।

निश्चय नै उपर्युक्त विषयहरु गंभीर छन् । यसका लागि एजेण्डामा सहमति खोज्ने हो, कुनै पदविशेषमा होइन । नेपाली कांग्रेसले यी एजेण्डामा गंभीर परामर्श गर्न चाहेको हो भने सरकारले हार्दिक स्वागत गर्नुपर्छ र रचनात्मक सहयोग ग्रहण गर्न तत्पर हुनुपर्छ ।

तर होइन, नजर एकातिर र निशाना अर्कोतिर छ भने त के लाग्छ र ?

त्यसै पनि, प्रमुख प्रतिपक्षको हैसियत पाऊँ भनेर पत्राचार गर्नु पर्ने अवस्था आफैमा गंभीर आत्मसमिक्षाको विषय होइन र ?