२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ

भेटिए द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति

भेटिए द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति
अ अ+ अ-

काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो ।

“बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्”, आयोगका अध्यक्ष युवराज सुवेदीले भन्नुभयो, “अध्ययन गर्दै जाँदा भेट्ने क्रम जारी छ, अरु पनि भेटिन्छन् भन्ने आयोगलाई विश्वास छ ।”

आयोगले उजुरीको अध्ययन गरी छानबिन गर्न जाने क्रममा हालसम्म भेटिएका बेपत्ता व्यक्तिमा नुवाकोट विदुर नगरपालिका–१२ का लछुमनप्रसाद भट्ट, स्याङ्जा वालिङ नगरपालिका–६ का गोपालप्रसाद अर्याल, कैलाली घोडाघोडी नगरपालिका–१३ का हेमराज जोशी, कञ्चनपुर पुनर्वास नगरपालिका–१० का कृष्णप्रसाद दुलाल र इलाम माइनगरपालिका–७ का चन्द्रबहादुर शाह रहनुभएको छ ।

त्यस्तै झापा कमल गाउँपालिका–१ का भीष्मजङ्ग रायमाझी, चितवन भरतपुर उपमहानगरपालिका–१३ का गङ्गाधर तिमिल्सिना, रुकुमपश्चिम सानीभेरी गाउँपालिका–११ का उमेश विक, दार्चुला नौगाड गाउँपालिका–५ का विक्रमसिंह ठगुन्ना, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का रोहित भट्टराई, डडेलधुरा परशुराम नगरपालिका–९ का कालुसिंह ठगुन्ना, नवलपरासी ९बर्दघाटसुस्ता पश्चिम० रामग्राम नगरपालिका–१५ का केशवप्रसाद उपाध्याय पौडेल र गोरखा नारेश्वर–६ का राजुविक्रम शाह फेला पर्नुभएको हो ।

फेला पर्नुभएका अन्य व्यक्तिमा मोरङ मिक्लाजुड गाउँपालिका–३ का कुमार सुवेदी, ललितपुर गोदावरी नगरपालिका–१३ का राजकुमार राना, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ का धनबहादुर दाहाल, बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ का डबल बुढा र तनहुँ म्याग्दे गाउँपािलका–१ का शिवप्रसाद खनाल रहनुभएको छ ।

त्यस्तै भोजपुर नगरपालिका–३ का रामकुमार राई, भोजपुर रामप्रसाद राई गाउँपालिका–३ का बबिन राई, सङ्खुवासभा चैनपुर–११ का जगनाथ हेडवा र लक्ष्मीबहादुर बुढा, डोटी शिखर नगरपालिकाका जनक भण्डारी, चितवन रत्ननगर नगरपालिकाका बेनीमाया अधिकारी र रौतहट गौर नगरपालिका–१ का सन्तोष जैसवाल परिवारसँग सकुशल भेएिका हुन् । त्यस्तै दैलेख नारायण नगरपालिका–६ का जयाप्रसाद जैशी, स्याङ्जा पुतलीबजार नगरपालिका–२ का टुकबहादुर पौडेल, सल्यान कालिमाटी गाउँपालिका–१ का पहलमान बस्नेत, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ का नीलबहादुर थापा र सर्लाही बसबरिया गाउँपालिका–३ का हरिमोहन चौधरी परिवारको साथमा भेटिनुभएको हो ।

नेपालमा विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको भनेर आयोगमा उजुरी परेको थियो । सोही उजुरीको अध्ययन गर्ने क्रममा ३१ व्यक्ति फेला पारी हाल परिवारको सम्पर्कमा रहेका छन् । आयोगमा परेका तीन हजार २२३ उजुरीमध्ये २३७ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको थियो । त्यसमध्ये १३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको थियो । साथै २८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखिएको थियो ।

आयोगले दुई हजार ४९५ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ । उजुरीका आधारमा दुई हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ । आयोगका अनुसार दुई हजार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायतका काम सम्पन्न भएको छ । उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ ।