१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा रहेका चार दलको बैठक बस्दै , संसद बैठक पनि बस्दै



अ+ अ-

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ११ः३० बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । सभामुख सापकोटाले संसद् भवन, नयाँबानेश्वरमा बिहान ११ः३० बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।  प्रतिनिधिशभाको बैठक  दिउसो एक बजे बस्दैछ ।

यसैबीच, सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन ।  सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिबासी जनजाती आयोगको  तेस्रो वार्षिक प्रतिवेदन पेश कार्यसूचीमा उल्लेख छ ।

 यसैबीच  सत्ता साझेदार दलबीचको छलफल आज पनि हुदैछ । पटक पटक भएको छलफल सहमतिमा पुग्न नसकेपनि  बिहान १० बजे पुन छलफलमा जुट्न लागेका हुन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न सहयात्रीदलहरु लाई आग्रह गर्नुभएको छ । तर गठबन्धनमा अन्य दल भने सकारात्मक छैनन् ।