१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा-ओलीकाे बालकाेट संवादः यथास्थितिमा सहयोग गर्नुस् : देउवा, सकिँदैन – ओली



फाईल फोटो
अ+ अ-

काठमाडौ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा सत्तारुढ गठबन्धनका दलहरुसँग कुरा नमिलेपछि सहयोगको याचिका सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बिहीबार साँझ बालकोट पुग्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि अलमलमा पर्नु भएको छ ।  

एमसीसीको विषयलाई लिएर सत्ता सहयात्री दलबीच खटपट भएसँगै नेकपा एमालेको सहयोगको अपेक्षा राख्नु भएका देउवालाई एमाले अध्यक्ष ओलीले केही गम्भीर राजनीतिक विषयको निरुपणमा काँग्रेसले कसरी सहयोग गर्छ भनी प्रश्नहरु राख्नु भएको थियो ।  

देउवाले एमसीसीमा सत्तारुढ दलहरुबाट सहयोग नपाए गठबन्धन तोड्न आफू तयार रहेको जानकारी ओली समक्ष राख्नु भएको भएको थियो ।  

पत्नी आरजुसहित ओली निवास पुग्नु भएका प्रधानमन्त्री देउवाले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न सहयोग माग्नु भएको थियो । उहाँहरुको छलफल पछि अध्यक्ष ओलीले एमालेका केही नेताहरुसँग देउवासँग भएका कुराकानी बारे ब्रिफिङ गर्नु भएको थियो ।

ओलीसँग छलफल गर्नु भएका एक एमाले नेताले न्यूजपोलारलाई भन्नुभयो, "अध्यक्ष ओलीले गठबन्धनको दृष्टिकोण, अवरुद्ध संसद सुचारु गराउने बारे देउवाको दृष्टिकोण माग्नु भएको थियो ।"

भेटमा दुई विषयमा स्पष्ट दृष्टिकोण आएपछि मात्र एमसीसीका बारेमा छलफल गर्ने ओलीले प्रष्ट पार्नु भएको थियो ।

प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै उहाँले भन्नुभयो, "शुक्रबारको प्रतिनिधिसभाको बैठकमा म एमसीसी टेबल गर्छु, त्यसबेला गठबन्धनमा रहेका दलहरूले साथ दिएनन् भने गठबन्धन पनि तोड्छु, सरकारमा पनि सहकार्य गरौं, एमसीसी पास गरेर अगाडि बढौं ।"

देउवाको प्रस्ताव पछि ओलीले भन्नु भएको थियो, "तपाई म सँग कुरा गर्न आउँदा गठबन्धनको नेता सहितको हैसियतमा हो कि गठबन्धन छाडेर हो, एमालेले कारबाही गरेका १४ सांसदका बारेमा सभामुखले खेलेको भूमिकाका बारेमा दृष्टिकोण के हो ? सभामुखको पूर्वाग्रही व्यवहार बारे दृष्टिकोण के हो भनी जबाफ माग्नु भएको थियो ।"

ओलीको भनाई उदृत गर्दै उहाँले अगाडि भन्नुभयो, "एमालेको माग पुरा गरेर संसद सुचारु गर्ने वातावरण मिलाउनु होला, त्यसपछि राष्ट्रिय मुद्दाहरुमा घनिभूत  छलफल गरौंला ।"

झन्डै दुई घन्टा छलफल गरे पनि ओलीबाट कुनै सकारात्मक सन्देश नपाएपछि  देउवा अप्ठ्यारोमा पर्नु भएको छ।

बिहीबार  बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि शुक्रबार १० बजे पुनः बैठक बस्ने तयारी गरिएको छ ।

सत्तारुढ दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा एमसीसी कुनै हालतमा पारित गर्न नसकिने बताउँदै बरु आफूहरु सरकार छाड्न तयार रहेको जनाउ प्रधानमन्त्री देउवालाई दिइसकेका छन् ।  

बिहीबार दिउँसो काग्रेस नेता डा मीनेन्द्र रिजाल पनि बालकोट पुगेर ओलीसँग सम्वाद गर्नुभएको थियो ।