९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा १५ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अफरै अफर



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पूरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ ।

इसेवा वार्षिकोत्सवको अवसरमा मंगलवार पत्रकार सम्मेलन गर्दै विभिन्न अफरहरु सार्वजनिक गरेको हो । सम्मेलनमा इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिवद्धता समेत जनाएको छ । इसेवाले १४ औँ वार्षिकोत्सवको अवसरमा बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको हो ।

अफरहरुमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा १४० क्यास पाइने तथा बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार दिने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले १४ औं वार्षिक उत्सवको अवशरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू रहेको बताउनु भयो ।

उहाँले बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउण्ट इसेवामा लिंक गरेमा १४० रुपैयाँ क्यानसब र बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुने बताउनु भयो । उहाँले एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार पाउने जानकारी दिनुभयो । उहाँले ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुने र सो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने बताउनु भयो ।

उहाँले २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने यस अवधिमा मोबाईल टपअप,एयरलाइन्स् टिकट,इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने बताउनु भयो । उहाँले ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुने यो अवधिमा ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने बताउनु भयो ।

त्यस्तै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाने बताउनु भयो ।

उहाँले इसेवामा अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने आम नेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा इसेवामा जोडिनुभएका प्रयोगकर्ता,साझेदार बैंक तथा वित्तीय संस्था,तीनलाख भन्दा बढी मर्चेन्ट, नियामक निकायको सहयोग र विश्वासलाई विशष धन्यवाद दिनुभयो ।

इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पु¥याउन सफल भएको जनाएको छ । १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको बताउनुु भयो । उहाँले अप्रत्यक्ष रूपमा करिव एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।