२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार सांसदको विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर लागेको छः गृहमन्त्री(भिडियोसहित)



अ+ अ-

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालयले क्रसरका विषयमा, फरार सांसदका विषयमा र अन्दोलनरत अधिकारकर्मीका विषयमा अत्यन्त संवेदनशील भएर काम गरिरहेको जनाएका हुन् ।

यस्तै, गृहमन्त्रालय प्रणाली सुधार र मापदण्ड निर्माणमा निरन्तर लागिरहेकाले केही समयमै रिजल्ट आउने उनले दाबी समेत गरे ।

प्रणाली सुधार गरेर सिस्टममा काम गर्न दिएमा आधा काम आफै सकिने उनको भनाई छ ।