१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

बागलुङका दुर्गम गाउँमा केन्द्रीय लाइन

बागलुङका दुर्गम गाउँमा केन्द्रीय लाइन
बागलुङको अधिकारीचौर गाउँ
अ अ+ अ-

ढोरपाटन । बागलुङको अधिकारीचौर गाउँमा १४ वर्ष अगाडि विद्युत् पुगेको थियो । बुढाथोक लघु जलविद्युत् आयोजनाबाट सुरु–सुरुमा उज्यालो पाएका स्थानीयवासी वर्षौंदेखि बर्खाको समयमा भने अन्धकारमा बस्दै आएका थिए । हिउँदमा मर्मत गरे पनि बर्खामा भुजीखोलाले हाइड्रोपावर बगाउँदा अधिकारीचौरवासी आजित भएका थिए । अधिकांश रातहरु अँध्यारोमा बिताएका उनीहरुले अब त्यो नियति भोग्नुपर्ने छैन ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले अधिकारीचौर, नाथुरी, भैँसीखर्कलगायत गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । गाउँमा केन्द्रीय लाइनबाट उपलब्ध विद्युतले स्थानीय दङ्ग परेका हुन् । विसं २०६५ मा बुढाथोक लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि गाउँमा विद्युत् पुगे पनि बाह्रै महिना बाल्न पाइएको थिएन । केन्द्रीय विद्युत् जडान भइसकेकाले अब बर्खामा पनि बिजुली बत्ती बाल्न पाइने स्थानीयवासी शालिकराम कँडेलले बताउनुभयो ।

विद्युत् प्राधिकरणको तीन महिनादेखि लगातारको प्रयासले अहिले गाउँमा केन्द्रीय लाइन आइपुगेको उल्लेख गर्दै उहाँले स्थानीय हाइड्रोपावर हरेक वर्ष बाढीले बगाउँदा आफूहरु अन्धकारमा बस्न बाध्य भएको सुनाउनुभयो । कँडेलले पटक–पटक बाढीले नहर तथा विद्युत् गृह बगाउँदा यस क्षेत्रका हजारौँ नागरिकले वर्षौंदेखि दुःख पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदभरि बनाउन लाग्थ्यो, बर्खा लागेपछि बगाईदिन्थ्यो, अब त बाढीले बगाउला भन्न पनि परेन, ठूलै मेसिनहरु चलाउँदा पनि पावर नपुग्ला भन्न पनि परेन, अब त गाउँमा पनि केन्द्रीय लाइन आयो, हामीहरुलाई धेरै खुसी लागेको छ, अब अँध्यारोमा टुकी वा दियालो बालेर बस्न पर्ने छैन, कहिलेकाहीँ बिग्रिने कुरा त स्वाभाविक नै भयो ।”

गत असोजमा आएको बाढीले ६० किलोवाटको बुढाथोक लघुजल विद्युत् आयोजनाको नहरसहित टङ्कीमा ठूलो क्षति पु¥याएको थियो । केन्द्रीय लाइनले स्थानीयवासीलाई अँध्यारोबाट उज्यालोमा फर्काएको उक्त आयोजनाका अध्यक्ष नरेन्द्र कुँवरले बताउनुभयो । उहाँले भुजीखोलाले बर्सेनि विद्युत् नहर तथा गृहमा क्षति पु¥याउँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य हुनाका साथै लाखौँको धनमाल नोक्सान हुने गरेको थियो भन्नुभयो ।

“यो जलविद्युत् आयोजना सञ्चालनमा आएको चौध वर्षभन्दा बढी भयो, धेरै मिहेनत र दुःखले घरघरमा बिजुली पुगेको थियो तर बाढी–पहिराले हैरान बनायो, असोजमा पनि पहिराले नहर र ट्याङ्कीमा ठूलो क्षति पु¥यायो, अहिले मर्मत गरिरहेका छौँ”, अध्यक्ष कुँवरले भन्नुभयो, “अब धेरै सहज हुने भयो, गाउँमा बर्खामा पनि बिजुली बल्ने भयो, अब जनताले दुःख पाउने छैनन्, यो लघुजलविद्युत् पनि निर्माण भइरहेको छ, अब केही समयमै सञ्चालनमा आउने छ ।”

अर्का स्थानीयवासी शिवराज कँडेलले स्थानीय हाइड्रोपावर समय–समयमा बिग्रँदा साना तथा मझौला उद्योगीहरु समस्यामा परेकामा अब उनीहरुलाई ठूलो राहत मिल्ने बताउनुभयो । झन्डै तीन महिनादेखि अन्धकारमा रहेका अधिकारीचौर क्षेत्रका हजारौँ नागरिक केन्द्रीय लाइनले घर उज्यालो बनाउन पाउँदा खुसी बनेको उहाँको भनाइ थियो । “हामीहरु स्थानीय विद्युत्को भरमा वर्षौंदेखि अलमलियौँ, कहिले बल्छ, कहिले जान्छ, धेरै दुःख पाएका थियौँ, गाउँमा विद्युत् नहुँदा यस ठाउँका नागरिक अन्धकारमा बस्नाका साथै सूचना सञ्चारको पहुँचबाट महिनौँ टाढा हुनु परेको थियो”, कँडेलले भन्नुभयो, “अब त्यो समस्या पूर्णरुपमा हट्नेमा हामीहरु विश्वस्त छौँ, अब एउटा मोबाइल चार्ज गर्न घण्टौँ टाढा पुग्नुपर्ने अवस्था हट्नेछ, गाउँमा कुटानी–पिसानी पनि गर्न पाइने छ ।”

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले यहाँका नागरिक महिनौँदेखि अन्धकारमा बस्दै आएको हुँदा तत्काल समस्या समाधान गरिएको बताउनुभयो । उहाँले अधिकारीचौर, भैँसीखर्क, नाथुरीमा विद्युत् बलिसकेको र प्याङ्खोला, मस्ती, चौरलगायत ठाउँमा लाइन जडान भइरहेको जानकारी दिनुभयो । ती गाउँमा पनि केही दिनमै केन्द्रीय लाइन उपलब्ध गराइने छ । यहाँ विद्युत् विस्तार गर्दा रु ५० लाख भन्दाबढी खर्च भइसकेको उहाँको भनाइ थियो । यस वर्ष बागलुङमा विद्युत् प्राधिकरणबाट रु एक करोड र नेपाल सरकारबाट रु ९३ लाख विनियोजन भएककाले जिल्लाको सबै ठाउँमा काम तीव्र रुपमा भइरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रमुख मरासेनीले भन्नुभयो, “यस क्षेत्रमा मात्रै होइन, जिल्लाभर काम भएको छ, जिल्ला सदरमुकामतिरको भेगमा विद्युतीकरण भइसकेको छ भने अब पश्चिम बागलुङमा मात्रै विद्युत् विस्तार गर्न बाँकी छ, यस क्षेत्रमा पनि पर्याप्त बजेट प¥यो भने आगामी दुई वर्षभित्रमा विद्युतीकरण भइसक्नेछ, हामीहरुले त्यही हिसाबले काम गरिरहेका छौँ ।” अधिकारीचौर क्षेत्रमा काम भइरहेको र केही हप्ताअगाडि मात्रै यहाँको दुई सय ५० घरमा केन्द्रीय लाइन बलेको पुगेको थियो ।

पश्चिम बागलुङका लागि गलकोटमा सवस्टेसन निर्माण गरेर सञ्चालन गरिएको र बुर्तिबाङमा पनि एक सय ३२ केभीको सभ स्टेसन निर्माण भइरहको छ । यस वर्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पु¥याउने गरी काम तीव्र गतिमा भइरहेको छ । गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि आफू विगतदेखि लागेको बताउनुभयो । भौगोलिक विकटताका कारण यतिका समयसम्म निसी, भुजी र तमान क्षेत्रमा विद्यतीकरणका लागि आफूले पटक–पटक मन्त्रालय तथा प्राधिकरणका निर्देशकसँग आग्रह गर्दै आएको उहाँको भनाइ थियो । अहिले गाउँमा केन्द्रीय लाइन बाट बिजुली बल्न थालेपछि यहाँका नागरिकमा खुसी छाएको र दूरदराजका गाउँमा विद्युत् पुर्याउन आफूले सक्दो पहल गर्ने सदस्य कुँबरले जोड दिनुभयो । रासस