१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

देउवा-ओलीकाे बालकाेट संवादः यथास्थितिमा सहयोग गर्नुस् : देउवा, सकिँदैन – ओली

देउवा-ओलीकाे बालकाेट संवादः  यथास्थितिमा सहयोग गर्नुस् : देउवा, सकिँदैन – ओली
फाईल फोटो
अ अ+ अ-

काठमाडौ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा सत्तारुढ गठबन्धनका दलहरुसँग कुरा नमिलेपछि सहयोगको याचिका सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बिहीबार साँझ बालकोट पुग्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि अलमलमा पर्नु भएको छ ।  

एमसीसीको विषयलाई लिएर सत्ता सहयात्री दलबीच खटपट भएसँगै नेकपा एमालेको सहयोगको अपेक्षा राख्नु भएका देउवालाई एमाले अध्यक्ष ओलीले केही गम्भीर राजनीतिक विषयको निरुपणमा काँग्रेसले कसरी सहयोग गर्छ भनी प्रश्नहरु राख्नु भएको थियो ।  

देउवाले एमसीसीमा सत्तारुढ दलहरुबाट सहयोग नपाए गठबन्धन तोड्न आफू तयार रहेको जानकारी ओली समक्ष राख्नु भएको भएको थियो ।  

पत्नी आरजुसहित ओली निवास पुग्नु भएका प्रधानमन्त्री देउवाले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न सहयोग माग्नु भएको थियो । उहाँहरुको छलफल पछि अध्यक्ष ओलीले एमालेका केही नेताहरुसँग देउवासँग भएका कुराकानी बारे ब्रिफिङ गर्नु भएको थियो ।

ओलीसँग छलफल गर्नु भएका एक एमाले नेताले न्यूजपोलारलाई भन्नुभयो, "अध्यक्ष ओलीले गठबन्धनको दृष्टिकोण, अवरुद्ध संसद सुचारु गराउने बारे देउवाको दृष्टिकोण माग्नु भएको थियो ।"

भेटमा दुई विषयमा स्पष्ट दृष्टिकोण आएपछि मात्र एमसीसीका बारेमा छलफल गर्ने ओलीले प्रष्ट पार्नु भएको थियो ।

प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै उहाँले भन्नुभयो, "शुक्रबारको प्रतिनिधिसभाको बैठकमा म एमसीसी टेबल गर्छु, त्यसबेला गठबन्धनमा रहेका दलहरूले साथ दिएनन् भने गठबन्धन पनि तोड्छु, सरकारमा पनि सहकार्य गरौं, एमसीसी पास गरेर अगाडि बढौं ।"

देउवाको प्रस्ताव पछि ओलीले भन्नु भएको थियो, "तपाई म सँग कुरा गर्न आउँदा गठबन्धनको नेता सहितको हैसियतमा हो कि गठबन्धन छाडेर हो, एमालेले कारबाही गरेका १४ सांसदका बारेमा सभामुखले खेलेको भूमिकाका बारेमा दृष्टिकोण के हो ? सभामुखको पूर्वाग्रही व्यवहार बारे दृष्टिकोण के हो भनी जबाफ माग्नु भएको थियो ।"

ओलीको भनाई उदृत गर्दै उहाँले अगाडि भन्नुभयो, "एमालेको माग पुरा गरेर संसद सुचारु गर्ने वातावरण मिलाउनु होला, त्यसपछि राष्ट्रिय मुद्दाहरुमा घनिभूत  छलफल गरौंला ।"

झन्डै दुई घन्टा छलफल गरे पनि ओलीबाट कुनै सकारात्मक सन्देश नपाएपछि  देउवा अप्ठ्यारोमा पर्नु भएको छ।

बिहीबार  बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि शुक्रबार १० बजे पुनः बैठक बस्ने तयारी गरिएको छ ।

सत्तारुढ दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा एमसीसी कुनै हालतमा पारित गर्न नसकिने बताउँदै बरु आफूहरु सरकार छाड्न तयार रहेको जनाउ प्रधानमन्त्री देउवालाई दिइसकेका छन् ।  

बिहीबार दिउँसो काग्रेस नेता डा मीनेन्द्र रिजाल पनि बालकोट पुगेर ओलीसँग सम्वाद गर्नुभएको थियो ।