• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

बागमतीमा ३ वटा मन्त्रालय घटाइने



काठमाडौँ । बागमती प्रदेशमा पनि ३ वटा मन्त्रालय घटाइने भएको छ । यसअघि १४ मन्त्रालय रहेको वागमतीमा घटाएर ११ मन्त्रालय कायम गर्न लागिएको हो ।

अहिलेको १४ मन्त्रालयको कामको मूल्याङ्न, आर्थिक भारलाई मध्यनजर गर्दै कुन–मन्त्रालय कटौती गरी कहाँ मर्ज गर्दा काम गर्न सहज हुन्छ भन्ने हिसाबमा प्रतिवेदन तयार पारिँदैछ ।

यसअघि डोरमणी पौडेल नेतृत्वमा ७ रहेको मन्त्रालयलाई अष्टलक्ष्मी शाक्यको पालामा थप गरी ८ बनाइएको थियो । त्यस्तै, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दा गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयको संख्या ८ बाट १४ पुर्याइएको थियो ।