२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकता रोक्न भीम रावललाई धम्की !



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजन रोक्ने प्रयास नगर्न आफूलाई धम्कीपूर्ण फोन आएको खुलासा गरेका छन् । 

नेता रावलले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको विज्ञप्ती जारी गर्दै खुलासा गरेका हुन् ।

विज्ञप्तिमा रावलले भनेका छन् ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।" उनले भनेका छन्, "साथै नेकपा एमाले कतै विभाजनबाट रोकिने पो भयोकि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो पनि लाग्छ । पद र प्रतिष्ठाको लागि बाह्य शक्तिका सामु घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरुले नै मेरो विरुद्ध उक्त प्रकारको झुठो प्रचार घृणित तहमा झरेर गरेका हुन् ।" 

वरिष्ठ नेता माधव नेपाल समूह निकटका रावलको ओलीसँग सामप्यता बढेको र उनले पदकै लागि कार्यदलमा सहमति गरेको भन्दै टिप्पणी भइरहेका छन् । तर उनले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार प्रकाशित गरिएको बताएका छन् ।

एमाले नेता रावलले २० असारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेको कुरा वरिष्ठ नेता नेपाल र रघुजी पन्तलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले ओलीसँगको भेटमा पदका बारेमा छलफल नै नभएको स्पष्टिकरण समेत दिएका छन् । 

यस्तै रावलले यस्तो कुप्रचारको भ्रममा नपर्न अनुरोध गर्दै देशको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र समृद्धिको लागि आफूले उठाएको देशभक्ति र स्वाभिमानको झण्डा कहिल्यै नझुक्ने पनि प्रस्ट पारेका छन् ।