३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता



file
अ+ अ-

काठमाडौँ । संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । कांग्रेसले विपक्षी दलको सुविधा उपलब्ध गराउन संघीय संसद् सचिवालयमा निवेदन दिएको थियो । कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि विपक्षी दल को हुने भन्नेबारे प्रश्न उठेको थियो ।

नेपाल मजदुर किसान पार्टीले पनि प्रमुख विपक्षी दलको मान्यता दिन सचिवालयलाई निवेदन दिएको थियो ।

सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘प्रस्तुत विषयमा दलको कार्यालयको पत्र संख्या २०७९।०८० चलानी नम्बर ४५ मिति २०७९ पुस २९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू अनुसूची-१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ,’ सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संसदमा कांग्रेसका ८९ सांसद छन् ।