२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १३.७१ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

सोमवार नेप्से १३.७१ अंक घटेर २१६५.१० बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ ।

सोमवार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार नेप्सेसँग कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक १.०८ अंक बढेको छ । तर यता विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा गिरावट आए ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।