• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

टि–२० लिग स्पट फिक्सिङः कहाँबाट पक्राउ परे पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलम ?



काठमाडौँ । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा उनलाई मोरङबाट पक्राउ गरिएको हो । उनी विराटनगर बसपार्कबाट पक्राउ परेका हुन् । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा आलम संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ ।

प्रहरी उपरिक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानबिन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो ।

प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । भारत घर भएका जतिनले काठमाडौं छाडेको स्रोतले जनाएको छ । सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेको खुल्नमा आएको छ ।