२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्ने समितिको दोस्रो पटक म्याद थप



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न गठन गरेको समितिको दोस्रोपटक म्याद थप गरेको छ ।

महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका पाण्डेमाथि छानबिन गर्ने काम अझै पनि जारी रहेकाले थप एक साता म्याद थप गरिएको छानबिन समितिका संयोजक तथा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

छानबिन गर्दै जाँदा विभिन्न कुराहरू आएको र फेरि त्यस्ता कुराहरूमा अनुसन्धान गर्दा समय लागेको उनले बताए । महानगरले पुस २२ गते दुई साता म्याद थप गरेको थियो । त्यसपछि गत शुक्रबार फेरि एक साता म्याद थप गरेको हो ।

पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो । उक्त छानबिन समितिको संयोजकमा गोपालप्रसाद पोखरेल छन् भने न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य छन् ।