१ पुष २०८२, मंगलवार
,
Latest
पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्ने समितिको दोस्रो पटक म्याद थप



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न गठन गरेको समितिको दोस्रोपटक म्याद थप गरेको छ ।

महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका पाण्डेमाथि छानबिन गर्ने काम अझै पनि जारी रहेकाले थप एक साता म्याद थप गरिएको छानबिन समितिका संयोजक तथा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

छानबिन गर्दै जाँदा विभिन्न कुराहरू आएको र फेरि त्यस्ता कुराहरूमा अनुसन्धान गर्दा समय लागेको उनले बताए । महानगरले पुस २२ गते दुई साता म्याद थप गरेको थियो । त्यसपछि गत शुक्रबार फेरि एक साता म्याद थप गरेको हो ।

पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो । उक्त छानबिन समितिको संयोजकमा गोपालप्रसाद पोखरेल छन् भने न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य छन् ।