५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव हुनुपर्छ: प्रवक्ता महत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

आज बसेको बैठकले कानुनी अड्चनलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको कांग्रेसका प्रवक्ता डा। प्रकाशरण महतले बताएका छन् ।

प्रवक्ता महतले राष्ट्रपति निर्वाचन आलटाल गरेर पछाडि धकेल्न नहुने र यस बिषयमा कांग्रेसले संसदमा रहेका अन्य दलहरुसँग छलफल गर्ने बताए । उनले माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए ।

‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ । माघ २९ गतेभन्दा पनि उता लान खोजेको चर्चा सुनेका छौं । त्यसलाई हामी कुनै हालमा पनि स्वीकार्दैनौं । ’, उनले भने ।