१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव हुनुपर्छ: प्रवक्ता महत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

आज बसेको बैठकले कानुनी अड्चनलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको कांग्रेसका प्रवक्ता डा। प्रकाशरण महतले बताएका छन् ।

प्रवक्ता महतले राष्ट्रपति निर्वाचन आलटाल गरेर पछाडि धकेल्न नहुने र यस बिषयमा कांग्रेसले संसदमा रहेका अन्य दलहरुसँग छलफल गर्ने बताए । उनले माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए ।

‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ । माघ २९ गतेभन्दा पनि उता लान खोजेको चर्चा सुनेका छौं । त्यसलाई हामी कुनै हालमा पनि स्वीकार्दैनौं । ’, उनले भने ।