५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी आज टेबल नहुने , एमालेको बिरोध कायमै रहने



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक आईतबार बिहान १० बजे बस्ने सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक रुपमा दवाब दिन आज बिहान मात्र छलफलमा जुटेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब नेपाल र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादब वालुवाटार पुग्नु भएको थियो ।

प्रधानमन्त्री देउवाले आजको बैठकमा एमसीसी टेबल गर्ने जनाएपनि एसका अध्यक्ष माधब नेपालले आफ्नो पार्टीको स्थायी समितिको बैठक भएका कारण दुई दिन पर सार्न आग्रह गरेपछि शिर्ष बैठक स्थगित भएको हो ।  यसै बीच नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा पनि आफ्नो बिरोध कायम राख्ने भएको छ ।