२३ भाद्र २०८३, मंगलवार
,
Latest
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले भन्यो – मोन्टी देसाईलाई प्रशिक्षकमा नियुक्त गरिएको छैन



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबारे कुनै निर्णय नभएको बताएको छ ।

आइतबार विभिन्न सञ्चारमाध्यममा नेपाली टिमको प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देसाईलाई नियुक्त गर्ने भनेर सार्वजनिक खबरबारे प्रस्ट पार्दै क्यानले यसबारे अहिलेसम्म कुनै निर्णय नभएको जनाएको हो ।

क्यानले नेपाली टिमको प्रशिक्षकका लागि आएको २४ आवेदनमध्ये देसाईसँगै, अस्ट्रेलियाका डेभ वाट्मोर, न्युजिल्यान्डका ग्लेन पोकनल, दक्षिण अफ्रिकाका रुसेल डोमिंगो र श्रीलंकाका धम्मिका प्रसादसँग अन्तर्वार्ता लिएको थियो ।

क्यानले विज्ञप्ती जारी गर्दै भनेको छ –
नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त सम्बन्धमा केही अनलाइन संचार माध्यमहरुमा नेपाली राष्ट्रिय टोलिका मुख्य प्रशिक्षक नियुक्त नै भईसकेको भन्ने खालका समाचार बारे स्पष्ट पार्न चाहन्छौ । नेपाल क्रिकेट संघ द्वारा गठित ‘मुख्य प्रशिक्षक छनोट समिति’ ले छ्नौट प्रक्रिया पूरा गरि सिफारिस गरिएको मुख्य प्रशिक्षक नेपाल क्रिकेट संघको कार्य सम्पादन र कार्यसमितिका सदस्य हरुको सहमति भए पश्चात् मात्रै नियुक्ति गर्नका लागि राष्ट्रिय खेलकुद परिषदसँग अनुमती माग्ने र अनुमति प्राप्त भए पश्चात् मात्रै नयाँ प्रशिक्षक नियुक्त हुने सम्बन्धित सबैमा जानकारी गराईन्छ ।