काठमाडौं । नेकपा (एमाले)का दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेर गर्ने तयारी गरिएको छ ।
जनमत पार्टीले उद्योग वा कृषिमन्त्रालयमा अडान राख्दै दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ ।
भण्डारी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् । त्यसो त खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका खानले शपथ लिएपनि पदभार ग्रहण गरेका छैनन् ।
सातदलीय गठबन्धनको शीर्ष नेतृत्वमा भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको बताइएको छ ।