३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय–इमरान स्टारर ‘सेल्फी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

एजेन्सी । प्रायः सुपरस्टार र फ्यानबीचको सम्बन्ध भक्त र भगवानको जस्तै हुन्छ भनिन्छ । फ्यानहरूले आफ्नो मनपर्ने स्टारलाई हृदयदेखि माया गर्छन् । उनी सधैं आफ्नो मनपर्ने स्टारसँग भेट्न चाहन्छन् ।

अहिले सामाजिक सञ्जाल र सेल्फीको यो युगमा फ्यानहरुले आफ्नो मनपर्ने स्टारलाई भेट्ने र उनिसँग सेल्फी खिच्ने सपना देख्न थालेका छन् ।

चलचित्र ‘सेल्फी’ ले पनि यस्तै कथा बोकेको छ । अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ को ट्रेलर आज रिलिज भएको छ ।

ट्रेलरमा धेरै कमेडी छ भने केही इमोशनल दृश्य पनि छन् । आफ्नो आत्मसम्मानमा चोट लागेको बेला आफ्नो मनपर्ने सुपरस्टारको लागि जे पनि गर्न तयार हुने फ्यानलाई के हुन्छ भन्ने कुरा यसले देखाउँछ । फिल्ममा अक्षय कुमार विजय नामक अभिनेताको भूमिकामा छन् ।