२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

बीस गोही राप्तीमा छाडियो

बीस गोही राप्तीमा छाडियो
अ अ+ अ-

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले मात्र सम्भव नभएकाले सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलगायतले सबैको साथ र सहयोगकै कारण संरक्षण सम्भव भएको जनाउँदै आगामी दिनमा निकुञ्ज र जनताको बीचको सम्बन्ध अरु बढी प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गण, सेनाको शिक्षालय, मध्यवर्ती उपभोक्ता सामुदायिक वनलगायतको प्रतिनिधिको सहभागिता रहेको थियो । यस वर्ष वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले मङ्सिर १९ गते राप्ती नदीमा १२ गोही छाडेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।  

 निकुञ्जले यस आर्थिक वर्षमा १०० गोही छोड्ने लक्ष्य लिएको थियो । सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार आज छाडिएकोसहित हालसम्म विभिन्न नदीमा एक हजार ६९२ गोही छाडिएको छ । यस वर्ष राप्ती नदीमा ६७, नारायणीमा २० र कोशीमा २० गोही छाडिएको छ । रासस