१६ श्रावण २०८३, शनिबार
,
Latest
गणेश यादवका परिवारसँग आठबुँदे सहमति बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमण गरेर बनाइएका संरचनामाथि मेयर हर्क साम्पाङले चलाए डोजर



अ+ अ-

धरान । धरान उपमहानगरपालिकाले पनि सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउनका लागि डोजर चलाउन सुरू गरेको छ ।

वडा नं. ५ देउरालीमा आईतबार बिहान खोलाको सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर भत्काइएको हो ।

धरान ५ को खार खोला र अधेरी खोलाको सङ्गम स्थल धरान उपमहानगरपालिकाले बहुजातिय रङ्गशाला बनाउने निर्णय गरेको क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएको थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरिएको भन्दै धरान उपमहानगरपालिकाले पटक पटक नबनाउन भन्दै आग्रह गर्दै पत्राचार समेत गर्दा पनि अटेर गरी घर निर्माण सम्पन्न भएको थियो ।

मुना चौधरी लिम्बुले सार्वजनिक जग्गा अतिक्रमण गरी एक तले पक्की घर निर्माण गरेको भन्दै नगरपालिकाले आज बिहान ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर भत्काएको हो ।

घर भत्काउने क्रममा दोहोरो झडप समेत भएको थियो । दोहोरो झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् भने केही सामान्य घाइते भएका छन् ।

पछिल्लो समय धरानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य तीव्र गतिमा बढिरहेको अवस्थामा धरान उपमहानगरपालिका पनि एक्सनमा उत्रिएको हो ।