२३ आश्विन २०८१, बुधबार
,
Latest
अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड २० रुपैयाँको एक बोतल पानी सय रुपियाँमा बेच्दा… एमाले र कांग्रेस संविधान खारेज गर्न लागिरहेको प्रचण्डको आरोप दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर) खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो परिवर्तनका लागि गद्दी त्यागें, तर केही भएन : पूर्वराजा ज्ञानेन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव



अ+ अ-

गलेश्वर । पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला रु १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको छ ।

उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब रु १० करोडको कारोबार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

अध्यक्ष कटुवालले भन्नुभयो, “अपेक्षा गरेअनुसारकै कारोबार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौँ ।” आयोजकले महोत्सव अवधिभर रु १० करोडको कारोबार गर्ने लक्ष्य लिएको थियो । महोत्सवको अवसरमा प्रदर्शन गरिएका विभिन्न सङ्घसंस्था र जनजातिको झाँकी, वेशभूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई चिन्न र जगेर्ना गर्न मद्दत पु¥याएको महोत्सवको सांस्कृतिक विभागका संयोजक सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्र्यौली नृत्य, एकल र खुला नृत्य प्रतियोगिता, फोटो प्रदर्शनीलगायत आयोजना गरिएको थियो ।

महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कूल दुई सय ५८ कक्ष राखिएको थियो । ती व्यापारिक कक्षमा समेत उत्साहजनक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा रु एक करोड २४ लाख ८७ हजार आम्दानी र रु एक करोड १५ लाख ७७ हजार दुई सय ११ खर्च भई रु नौ लाख नौ हजार सात सय ८९ बचत हुने अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित गर्दै २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजकत्वमा प्रत्येक तीन–तीन वर्षमा महोत्सव आयोजना हुने गरेको छ । महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गर्नुभएको थियो भने समापन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गर्नुभयो । रासस