६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव



अ+ अ-

गलेश्वर । पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला रु १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको छ ।

उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब रु १० करोडको कारोबार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

अध्यक्ष कटुवालले भन्नुभयो, “अपेक्षा गरेअनुसारकै कारोबार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौँ ।” आयोजकले महोत्सव अवधिभर रु १० करोडको कारोबार गर्ने लक्ष्य लिएको थियो । महोत्सवको अवसरमा प्रदर्शन गरिएका विभिन्न सङ्घसंस्था र जनजातिको झाँकी, वेशभूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई चिन्न र जगेर्ना गर्न मद्दत पु¥याएको महोत्सवको सांस्कृतिक विभागका संयोजक सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्र्यौली नृत्य, एकल र खुला नृत्य प्रतियोगिता, फोटो प्रदर्शनीलगायत आयोजना गरिएको थियो ।

महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कूल दुई सय ५८ कक्ष राखिएको थियो । ती व्यापारिक कक्षमा समेत उत्साहजनक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा रु एक करोड २४ लाख ८७ हजार आम्दानी र रु एक करोड १५ लाख ७७ हजार दुई सय ११ खर्च भई रु नौ लाख नौ हजार सात सय ८९ बचत हुने अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित गर्दै २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजकत्वमा प्रत्येक तीन–तीन वर्षमा महोत्सव आयोजना हुने गरेको छ । महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गर्नुभएको थियो भने समापन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गर्नुभयो । रासस