१४ पुष २०८१, आईतवार
,
Latest
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, ४७ जनाको मृत्यु नेपाल अर्थोपेडिक्स अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर आज कहाँ–कहाँ पर्दैछ पानी ? भोलिदेखि मौसममा सुधार आउने राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’ जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा ‘लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कला र संस्कृति कहिल्यै मर्ने छैनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ ।

शनिवार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति नमर्ने बताउनु भयो । उहाँले नेपाली संस्कार र संस्कृतिहरु कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले नेपाली कला र संस्कृतिलाई मन पराउने नेपालीहरु धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्व अपार रहेको बताउनु भयो । अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा कलाकारहरु लागेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पीर गर्नु पर्दैन, कला संस्कृति मर्दैन । नेपाली कला, संस्कृति मर्दैन, पीर गर्नु पर्दैन, किनभने नेपाली जनता छन् आफ्नो कला संस्कृतिलाई मन पराउने, संरक्षण, सुरक्षा गर्ने नेपाली जनता छन् । हामीले नेपाली संस्कृतिलाई विभिन्न ढंगले संरक्षण गर्दै, नेपाली जनजीवनको बोली कलामा उतार्ने, खाँदिन कुवाको पानी, मामुलीजस्तो सुनिन्छ, तर हाम्रो संस्कृति भनेको अहिले भर्खर मात्रै धारा आएपनि पहिला त कुवाको पानी हो ।

यस गीतले हाम्रो कला, संस्कृतिलाई अमर राखेको छ । कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा कलाकारहरु लाग्नुभएको छ ।’

अध्यक्ष ओलीले कलाकारहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बजाउनुभएको थियो । उहाँले आफूले माटोका भाँडा बनाएर प्रजापती र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको पनि बताउनु भयो ।