१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन बैठक, कसौँडी घोप्ट्याउने र सबै भोकै बस्ने – बाबुराम भट्टराई



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन बैठक जारी छ । बैठकको निष्कर्ष भने निस्कन सकेको छैन । अमेरिकी सहायता कार्यक्रम एमसीसीलाई संसदमा टेबल गर्ने विषयमा करिब एक सातादेखि सत्ता साझेदार दल बैठक बसिरहेका छन् ।

शुक्रबार पनि बसेको बैठक पुनः आइतबार बस्नेगरी सकिएको छ । अर्थात बैठक बस्ने तर निष्कर्ष निकाल्न नसक्ने अवस्थामा पुगेका छन् सत्ता साझेदार दलहरु । सत्ता साझेदारको प्रमुख दल नेपाली कांग्रेसले जसरी पनि एमसीसीलाई संसदमा  टेबल गर्नुपर्ने बताउँदै आएको छ । तर सत्ता साझेदारकै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) यथास्थितिमा एमसीसी टेबल गर्न नहुने पक्षमा छन् ।

अर्थात सत्ता गठबन्धनमा बसेर एउटै विषयमा सत्ता साझेदार दलहरुबीच मतैक्य देखिएको छैन । दलहरु छलफल गर्ने तर निष्कर्ष निकाल्न नसक्ने अनि आवश्यक परे सत्ता गठबन्धन टुटाउनसम्म तम्तयार देखिने । यसै प्रसङ्गलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ट्विट गर्नुभएको छ: गठबन्धनको बैठकमा सम्झेको नीतिकथा : घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्।खाना पकाउन उत्तम ठाउॅ खोज्दा ज्योतिषशास्त्रीले दलदल रोजेछन्१तरकारीमा आयुर्वेदाचार्यले निमको पात खोजेछन्१ बल्लबल्ल छड्कन थालेको भातको अर्थ तर्कशास्त्रीले लगाउन नसक्दा कसौंडी नै घोप्टाएछन् र सबै भोकै हिंडेछन् !