• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

वीरेन्द्रनगरमा एक युवक मृत फेला



प्रतीकात्मक तस्बिर

वीरेन्द्रनगर । वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक सुरज कार्कीले बताए ।

स्थानीयले खबर गरेपछि छेउमै मोटरसाइकल पार्किङ गरी मृतावस्थामा भेटिएका उहाँको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । रासस