११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरी बिच भेटवार्ता



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज भेटवार्ता भएको छ। अमेरिकी राजदूत बेरी आज (बिहीबार) बिहान प्रधानमन्त्री देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमै पुग्नु भएको थियो । 

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै आफ्नो नयाँ कार्यकालमा नेपाल-अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने उल्लेख गर्नुभएको छ । भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा देउवालाई बधाई ज्ञापन गर्दै झन्डै ७५ बर्ष लामो नेपाल–अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुनः जाहेर गर्नु भएको दुताबासले जनाएको छ ।