७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरी बिच भेटवार्ता



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज भेटवार्ता भएको छ। अमेरिकी राजदूत बेरी आज (बिहीबार) बिहान प्रधानमन्त्री देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमै पुग्नु भएको थियो । 

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै आफ्नो नयाँ कार्यकालमा नेपाल-अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने उल्लेख गर्नुभएको छ । भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा देउवालाई बधाई ज्ञापन गर्दै झन्डै ७५ बर्ष लामो नेपाल–अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुनः जाहेर गर्नु भएको दुताबासले जनाएको छ ।