२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवराज घिमिरे सभामुखमा निर्वाचित



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उहाँको पक्षमा १६७ मत परेको थियो । उहाँको विपक्षमा भने १०० मत परेको थियो ।

सभामुख पदका लागि घिमिरे र न्यौपाने उम्मेदवार हुनुहुन्थ्यो । कूल २७५ सांसदमध्ये मतदान प्रक्रियामा २६८ सांसदहरु उपस्थित हुनुहुन्थ्यो । मतदान प्रक्रियामा एक सांसद तटस्थ बस्नुभएको थियो । घिमिरेको पक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गर्नुभएको थियो ।

त्यस्तै सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसकी न्यौपानेलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । सुरुमा घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उहाँले बहुमत प्राप्त गरेपछि न्यौपानेको उम्मेदवारीमाथि छलफल नै भएन ।

हाल बहाल रहेको २६८ मध्ये बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित हुनु भएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गर्नु भयो । नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद हुनु भएको थियो । एमाले स्थायी कमिटीका सदस्य समेत रहनु भएका उहाँ झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।

तस्बिरः रत्न श्रेष्ठ-रासस