• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईदै ★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री ★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट ★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो ★   लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिन्छ: राजदुत ढकाल (अन्तरवार्ता)

मधेसी र थारु समुदायलाई भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुहुन्छ ?- सिके राउत



काठमाडौैं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पदको लागि मात्रै राष्ट्रिय सहमतिको चर्चा गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश संकटमा परेको बेलामा राष्ट्रिय सहमतिको खोजी नभएको तर पदलाई लुछाचुँडी गर्नका लागि मात्रै राष्ट्रिय सहमतिको कुरा उठेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले आफूहरूलाई दलभन्दा माथि उठ्न कुनै समस्या नभएको बताए । उनले भने, ‘मत दिनका लागि दलभन्दा माथि उठ्नुहोस् भनेर आग्रह गर्नुभएको छ। तपाईँहरूले कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो? पुरै मधेसी र थारु समुदाय, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई एक छेउमा राखेर भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुभएको हो ? तपाईँहरू एउटा निश्चित, वर्ग, जातिको मुखौटाभन्दा माथि उठ्न सक्नुहुन्छ?’