२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसी र थारु समुदायलाई भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुहुन्छ ?- सिके राउत



अ+ अ-

काठमाडौैं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पदको लागि मात्रै राष्ट्रिय सहमतिको चर्चा गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश संकटमा परेको बेलामा राष्ट्रिय सहमतिको खोजी नभएको तर पदलाई लुछाचुँडी गर्नका लागि मात्रै राष्ट्रिय सहमतिको कुरा उठेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले आफूहरूलाई दलभन्दा माथि उठ्न कुनै समस्या नभएको बताए । उनले भने, ‘मत दिनका लागि दलभन्दा माथि उठ्नुहोस् भनेर आग्रह गर्नुभएको छ। तपाईँहरूले कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो? पुरै मधेसी र थारु समुदाय, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई एक छेउमा राखेर भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुभएको हो ? तपाईँहरू एउटा निश्चित, वर्ग, जातिको मुखौटाभन्दा माथि उठ्न सक्नुहुन्छ?’