९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीको पार्टीले न्यौपानेलाई मत दिनुपर्छ: प्रकाश ज्वाला



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा उहाँले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले झैँ काँग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताउनु भयो । उहाँले संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुख पदका उम्मेदवार प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपाने सभामुखको लागि सक्षम, योग्य हुनुहुन्छ । हामीले उहाँलाई समर्थन गर्नेछौँ । अब यो सभाले आफ्नो नेता पाउनेछ । आफ्नो नेता चयन गर्दा मान्य सदस्यहरुलाई दलीय आग्रह भन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्नुहुनेछ । उहाँले राम्रो र सशक्त भुमिका निर्वाह गर्नुभएको छ, सभामुख पदका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ । साँच्चिकै राष्ट्रय सहमतिमा लैजाने हो भने उहाँले प्रधानमन्त्रीले जस्तै विश्वासको मत पाउनुहुनेछ । कमसेकम प्रधानमन्त्रीको पार्टीले भनेपनि मत दिनेछ । सभामुख महिला किन नबनाउने भन्ने कुरालाई सोच्नुपर्छ ।’

राष्ट्रिय सहमतिको हिसावले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्लने विश्वास लिएको बताउनु भयो ।