• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी

राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीको पार्टीले न्यौपानेलाई मत दिनुपर्छ: प्रकाश ज्वाला



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा उहाँले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले झैँ काँग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताउनु भयो । उहाँले संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुख पदका उम्मेदवार प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपाने सभामुखको लागि सक्षम, योग्य हुनुहुन्छ । हामीले उहाँलाई समर्थन गर्नेछौँ । अब यो सभाले आफ्नो नेता पाउनेछ । आफ्नो नेता चयन गर्दा मान्य सदस्यहरुलाई दलीय आग्रह भन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्नुहुनेछ । उहाँले राम्रो र सशक्त भुमिका निर्वाह गर्नुभएको छ, सभामुख पदका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ । साँच्चिकै राष्ट्रय सहमतिमा लैजाने हो भने उहाँले प्रधानमन्त्रीले जस्तै विश्वासको मत पाउनुहुनेछ । कमसेकम प्रधानमन्त्रीको पार्टीले भनेपनि मत दिनेछ । सभामुख महिला किन नबनाउने भन्ने कुरालाई सोच्नुपर्छ ।’

राष्ट्रिय सहमतिको हिसावले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्लने विश्वास लिएको बताउनु भयो ।