• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

प्रशिक्षक छनोटको लागि क्यानले लियो पाँच जनासँग अन्तर्वार्ता



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक छनोटका लागि पाँच प्रशिक्षकसँग अन्तरवार्ता लिएको छ ।

बुधबार क्यानको मुख्य प्रशिक्षक छनोट समितिले अन्तिम चरणमा छनोट भएका पाँच प्रशिक्षकको अन्तरवार्ता लिइएको बतााईएको छ । क्यानले ती प्रशिक्षकहरुको नाम भने सार्वजनिक गरेको छैन ।

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले प्रशिक्षकका लागि आवेदन खुलाएको थियो ।

प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडदा् नेपाली टोली मुख्य प्रशिक्षक विहीनहुदै आएको छ ।