• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप छनोटः नेपाल यूएईसँग ४–० ले पराजित ★   मधेसमा सतिश सिंह मुख्यमन्त्री बन्दै, सपथ आजै ★   गठबन्धनमा खटपट : बजेटमा असन्तुष्ट एमाले मन्त्री फेर्नसमेत असहमत ! ★   टी–२० विश्वकपः पाकिस्तान पहिलो पटक आईसीसीको पूर्ण सदस्य नभएको टोलीसँग पराजित ★   नेसनल चेस च्याम्पियनसिप; खुल्लातर्फ राजन सुवेदी र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन ★   रातारात धन कमाउने चाहनाले समाजमा अपराध  बढ्यो  ★   साउदीमा हजयात्रीलाई हैरानी, हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   मन्त्रिपरिषद् बैठक: भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय ★   त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि खाल्डो पर्‍यो, उडान र अवतरण बन्द ★   गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ: काँग्रेस सांसद केसी

ढुक्क भएर ऊर्जामा लगानी गर्न उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको आग्रह



काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गर्नुभएको छ ।

आज यी दुवै संस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै भएको भेटमा उहाँले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको हो । मन्त्री लिङ्देनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य साथ योगदान पु¥याउन पनि दुवै संस्थाका प्रतिनिधिसँग आग्रह गर्नुभएको थियो ।

उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बधाई तथा शुभकामना दिन आज सो मन्त्रालयलमा पुगेका दुई छुट्टाछुट्टै प्रतिनिधिमण्डलसँग मन्त्री लिङ्देनले ऊर्जा क्षेत्रका चुनौती, विकास र सम्भावनाका विविध विषयमा पनि छलफल गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जा क्षेत्रको समग्र विकासका लागि आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न आफूले अभिभावकीय भूमिकामा रहेर सकारात्मक वातावरण तयार गरिदिने र अन्तरमन्त्रालय समन्वय सहज बनाउन पहल गर्ने विषयमा पनि जलविद्युत् उद्यमीलाई आश्वस्त तुल्याउनुभएको थियो । सो प्रतिनिधिमण्डलमा एनआरएनका अध्यक्षहरू रविना थापा, बद्री केसी र कुल आचार्य, पूर्वअध्यक्ष उपेन्द्र महतोलगायत हुनुहुन्थ्यो । रासस