१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशमा मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।

मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताउनुभयो । उहाँले विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने जानकारी दिनुभयो ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव मुख्यमन्त्री बन्नुभएको हो ।