९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो पात्रो हेल्थमा नगरपालिकाका डाक्टरसँग निःशुल्क परामर्श



अ+ अ-

काठमाडौँ । स्वदेश अनि विदेशमा रहेका नेपालीहरूलाई विगत १२ वर्षदेखि निरन्तर जोड्दै आएको नेपालको सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय हाम्रो पात्रो एपको टेलिहेल्थ सेवा, ‘हाम्रो पात्रो हेल्थ’ले आफ्नो स्थापनाको १ वर्षभित्र ३००० भन्दा बढी व्यक्तिहरू र २४ विशेषज्ञताका २०० भन्दा बढी डाक्टरहरूलाई इन्टरनेट पहुँच पुगेका नेपाली गाउँ, सहर तथा प्रवासबाट जोड्न सफल भइसकेको छ।

यस सेवा मार्फत् डाक्टर खोज्न, डाक्टरसँग एपोइन्टमेन्ट लिन, डाक्टरसँग परामर्श लिन, प्रेस्क्रिप्सन लिन, डाक्टरसँग फलोअप गर्न र डाक्टरलाई रिभ्यु गर्न मिल्छ।

यस हाम्रो पात्रो हेल्थ सेवाले आफ्नो प्लेटफर्मलाई नगरपालिकाहरूको लागि खुला गरेको छ। नगरपालिकाहरूले हाम्रो पात्रो हेल्थ मार्फत् आफ्ना नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग घरबाट नै निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गर्न सक्नेछन्।

चाँगुनारायाण नगरपालिकाले हाम्रो पात्रो हेल्थ मार्फत् नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग घरबाट निःशुल्क परामर्श सेवा सुरु गरेको छ। आज एक समारोह बीच चाँगुनारायण नगरपालिका प्रमुख श्री जीवन खत्रीज्युले नगरका डाक्टर श्री शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिनुभएर सेवाको शुभारम्भ गर्नु भयो। शुभारम्भ पश्चात् बोल्दै उहाँले भन्नुभयो – “नगरपालिकाको उद्देश्य अनुसार नगरवासीहरूलाई स्वास्थ्यसेवा सहजरूपमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्याउँछ भन्ने विश्वास लिएको छु। भौगोलिक तथा यातायातको समस्या रहकेको हाम्रो जस्तो नगरमा वृद्धवृद्धा बालबालिका र शारीरिकरूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुने छ। ”

“नेपालका धेरै नगरपालिकाहरू हाम्रो पात्रो हेल्थ मार्फत् आफ्नो सेवा आफ्ना नगरवासीलाई उपलब्ध गराउन उत्सुक देखिनु भएको छ। आगामी दिनमा धेरै नगरपालिकाहरूले नगर भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग निःशुल्क परामर्श सेवा उपलब्ध गराउनु हुनेछ। नेपालमा थप मानिसहरूलाई स्वास्थ्य सेवामा जोड्न पाउँदा हामी खुसी छौँ।” ( हाम्रो पात्रोको संस्थापकर सीईओ शंकर उप्रेतीले बताउनुभयो।




भर्खरै