२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 2.06

Humidity: 53

Latest
इजिप्ट, फ्रान्स र जोर्डनद्वारा गाजामा तत्काल युद्धविराम गर्न माग सांकेतिकताको कुटनीति: सन्तुलन कि अलमल ? धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले ‘प्रतिपक्षी हुँ’ भनेर दाबीनै गर्नुपर्ने स्थिति कसले ल्यायो



अ+ अ-

काठमाडौँ । मंगलबार साँझ बालुवाटारमा एउटा दृश्य देखियो देशको सबैभन्दा ठूलो पार्टी काँग्रेस र सत्तारुढ दलहरुबीच ।

बैठकप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएका थिए ।  आफूलाई विश्वासको मत दिने दलहरुको ‘सर्वदलीय बैठक’ प्रधानमन्त्रीले बोलाएका थिए । त्यसमा सहभागी थिए राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी बाहेकका सबै ।

बैठकको सुरुमै प्रधानमन्त्रीले राष्ट्रिय सहमतिकै एजेण्डा अघि सारे र अबका उच्च राजनीतिक पदहरु सभामुख र राष्ट्रपतिमा काँग्रेस पनि सहभागी हुने भएकाले यसमा सबैको सहमति हुनुपर्ने बताए । त्यसको सुरुमै प्रतिवाद गरे एमाले अध्यक्ष केपी ओलीले । एमाले अध्यक्ष ओलीले यी सबै पदमा यसअघि नै वर्तमान सत्ता साझेदार दलहरुका बीचमा सहमति भैसकेको बताए ।

‘त्यसो भए, सबै सहमति नै भैसकेको भए हामीलाई किन बोलाएको त ? यहाँहरुका सबै सहमतिको हामी साक्षी बसिदिनलाई ?’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने । यस विषयमा एकैछिन दुई नेता ओली र नेपालबीच नोकझोँक पनि भयो ।

त्यसपछि बोले प्रतिनिधिसभामा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक । उनको चासो संसदमा प्रमुख विपक्षी दलको नेतामा थियो । उनले आफ्नो प्रस्ताव राखिहाले ‘हामी प्रमुख विपक्षी दल हौँ, अनि हामीले वर्तमान सरकारलाई विश्वासको मत पनि दिएका छौँ ।’ यो कसरी हुन्छ ? ओलीको प्रश्न र तर्क थियो । ओलीले यसको प्रतिवाद नै गरे र भने ‘काँग्रेस सत्तापक्ष हो, उसले सरकारलाइ विश्वासको मत दिएको छ, कसरी प्रतिपक्षी हुनसक्छ ?

तपाईँ को हो सत्तापक्ष र विपक्षी दलहको परिभाषा गर्ने ? तपाईँ हो संसदमा को विपक्षी ? को प्रतिपक्षी भनेर छुट्याउने ? लेखकको प्रश्न थियो । यस विषयमा पनि एकछिन ओली र लेखकबीच सवाल जवाफ भयो । संसदमा प्रमुख विपक्षी दल को हो ? प्रमुख विपक्षी दलको नेता को हो भन्ने विषयमा उनीहरुबीच एकछिन भनाभन पनि भयो ।

सुनिएको दृश्य बडो रोचक भान हुन्छ । यसकारण कि नेपाली काँग्रेस मुलुकको संसद प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल हो । गएको मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा काँग्रेसले ८९ सिट हासिल गरेको छ भने दोस्रो स्थानको एमालेले ७८ । तर काँग्रेसको बिडम्बना नै बन्यो कि न सत्तारुढ बन्न सक्यो र नत विपक्षी दल नै ।

गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएका थिए र मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पुग्यो । यो काँग्रेसको अनायासै आएको निर्णय थियो । यसले त्यो पार्टीलाई मात्र नभएर सबै पार्टीलाई नै आश्चर्यमा पारेको थियो ।

तर प्रश्न यहाँ अहिले के उब्जिएको छ भने काँग्रेसले यो सरकारलाई नचाहिएको विश्वासको मत किन दिएको ? उसको आशा राष्ट्रपति पाइन्छ भन्ने हो । तर यसको दरिलो प्रतिवाद एमाले अध्यक्षले ओलीले मंगलबार गरिसकेका छन् । एमालेको असहमतिका बीच प्रचण्डले आफ्नो पार्टीलाई काँग्रेसको पक्षमा उभ्याउन सक्ने अवस्था अहिले नै चाहिँ छैन । यदि त्यस्तो भयो भने काँग्रेसले यो आवश्यक नै नपरेको, एउटा औपचारिकताका लागि विपक्षीसँग पनि विश्वासको मत लिन गएको प्रचण्डको औपचारिक आग्रहकै भरमा किन मत दिएको भन्ने पुष्टि गर्न गाह्रो पर्नेछ ।

ओलीको अडान भन्छ अब विपक्षी दल काँग्रेसले राष्ट्रपति या सभामुख पाउने सम्भावना छैन । त्यसो हो भने काँग्रेस सत्ता पक्ष हुने कि प्रतिपक्षी ? यदि प्रचण्डले राष्ट्रपति म काँग्रेसलाई दिलाउँछु भनेर गरेको प्रतिबद्धता पूरा भएन भने केही दिनमै विश्वको मत फिर्ता लिने कि सरकारको समर्थन गरेरै संसदमा बस्ने ? त्यसो भए संसदमा प्रतिपक्षी दलको नेता को हुने ? सरकारलाई मत दिएरै संसदमा प्रतिपक्षी दलको नेता हुन मिल्ने कि नमिल्ने ? संवैधानिक परिषदमा संसदको विपक्षी नेता पनि सदस्य हुने प्रावधान संविधानमा छ । त्यो स्थानमा काँग्रेस संसदीय दलका नेता देउवा हुने हुन् कि अरु कोही ?

यो पनि संविधानमा स्पष्ट नभएकाले अदालतले नै व्याख्या गरिदिनुपर्ने अवस्था पो हो कि ? यसरी देशको सबैभन्दा ठूलो पार्टी काँग्रेसलाई संसदमा प्रतिपक्षी दलको नेताको हैसियतमा पनि बस्न नमिल्ने अवस्थामा पुर्याउने को हो ? पहिले प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेर देउवालाई उचाल्ने पूर्णबहादुर, ज्ञानेन्द्रबहादुरले पार्टीलाई देशैभरिका सबै सरकारका सत्ताबाट बाहिर पुर्याए । अहिले आएर फेरि काँग्रेसलाई प्रमुख प्रतिपक्षी दल पनि नरहने गरी यो हालतमा पुर्याएर रमिता देखाउँदैछन् ।

आज पार्टीका बैठकमा हामी प्रतिपक्षी दल हौँ भनेर दाबी गर्नुपर्ने र होकि होइन भनेर सत्तापक्षका नेताहरुले ‘भेरिफाई’ गरिदिनुर्ने अवस्थामा ल्याउने काँग्रेसका को नेता हुन् ? यसको खोजी काँग्रेस पार्टीभित्र पनि व्यापक मात्रामा भइरहेको छ ।