२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण



अ+ अ-

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मंगलबार कान्ति बाल अस्पतालको अनुगमन गरेका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनी महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गरेको अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले जानकारी दिए । उनका अनुसार मन्त्री गिरीले २५ शय्याको आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइसियु), बच्चाको क्यान्सर शय्या, नवजात शिशुको एचडियु (हाइडिपेडेन्सी युनिट) र कुरुवा घरको अनुगमन गरे ।

अनुगमनका क्रममा मन्त्री गिरीले नवजात शिशुको मृत्युदर कसरी घटाउने भन्नेमा चासो राखेको अस्पतालका निर्देशक डा बसौलाले बताए । नेपालमा अहिले प्रतिएक हजारमा २१ जना बाल मृत्युदर हुने गरेको छ । सन् २०३० दिगो विकास लक्ष्यअनुसार बालमृत्युदर १२ जनामा झार्ने लक्ष्य राखिएको छ ।

कुरुवा घरमा बिरामीका कुरुवासँग उपचार र बस्ने सुविधाका बारेमा कुरा गरेको अस्पतालका निर्देशक डा बसौलाले जानकारी दिए । उनले नवनियुक्त मन्त्री गिरीसँग जनशक्ति र उपकरण अभाव रहेको जानकारी गराएको बताए । मुलुकको एकमात्र बाल अस्पतालका रूपमा अस्पतालमा तीन सय ३० शय्या सञ्चालनमा रहेको छ ।

दैनिक छ सयभन्दा बढी बालबालिका उपचार हुने अस्पतालले एक हजार शय्याको अति विशिष्टीकृत बाल अस्पताल बनाउने सरकारको योजना रहेको छ । रासस




भर्खरै