२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउनुपर्नेमा जोड



अ+ अ-

काठमाडौं । राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मीले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ ।

मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपालले मुक्तिनाथ अधिकारीको २१ औँ स्मृतिसभा कार्यक्रममा उहाँहरूले सङ्क्रमणकालीन न्यायलाई लम्ब्याउन नहुनेमा जोड दिनुभएको हो ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य रघुजी पन्तले सङ्क्रमणकालीन न्याय लम्बिँदै गएको हुनाले ऐन संशोधन गरेर जतिसक्दो चाँडो निष्कर्षमा पु-याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद तथा द्वन्द्वपीडित मैना कार्कीले द्वन्द्वकालीन घटनाले धेरै परिवारलाई पीडा दिएको हुनाले उनीहरूको सामान्य माग पूरा गर्दै सङ्क्रमणकालीन न्यायलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

मानवअधिकारकर्मीद्वय चरण प्रसाईं र कनकमणि दीक्षितले न्यायको पर्खाइमा पीडितले धेरै दुःख पाइसकेको हुनाले सङ्क्रमणकालीन ऐन संशोधनमा सरकारले ध्यान दिएर न्याय दिन ढिलाइ गर्न नहुने धारणा राख्नुभएको थियो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विस्तृत शान्ति सम्झौता गरेको लामो समय बितिसक्दा पनि द्वन्द्वकालका घटनाका पीडितले अझै न्याय पाउन नसक्नु पीडादायी भएको र त्यसलाई सबैले मिलेर पूरा गर्नुपर्ने बताउनुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानून संशोधन गर्न सर्वोच्च अदालतले दिएको आदेश सात वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । रासस