२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउनुपर्नेमा जोड



अ+ अ-

काठमाडौं । राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मीले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ ।

मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपालले मुक्तिनाथ अधिकारीको २१ औँ स्मृतिसभा कार्यक्रममा उहाँहरूले सङ्क्रमणकालीन न्यायलाई लम्ब्याउन नहुनेमा जोड दिनुभएको हो ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य रघुजी पन्तले सङ्क्रमणकालीन न्याय लम्बिँदै गएको हुनाले ऐन संशोधन गरेर जतिसक्दो चाँडो निष्कर्षमा पु-याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद तथा द्वन्द्वपीडित मैना कार्कीले द्वन्द्वकालीन घटनाले धेरै परिवारलाई पीडा दिएको हुनाले उनीहरूको सामान्य माग पूरा गर्दै सङ्क्रमणकालीन न्यायलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

मानवअधिकारकर्मीद्वय चरण प्रसाईं र कनकमणि दीक्षितले न्यायको पर्खाइमा पीडितले धेरै दुःख पाइसकेको हुनाले सङ्क्रमणकालीन ऐन संशोधनमा सरकारले ध्यान दिएर न्याय दिन ढिलाइ गर्न नहुने धारणा राख्नुभएको थियो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विस्तृत शान्ति सम्झौता गरेको लामो समय बितिसक्दा पनि द्वन्द्वकालका घटनाका पीडितले अझै न्याय पाउन नसक्नु पीडादायी भएको र त्यसलाई सबैले मिलेर पूरा गर्नुपर्ने बताउनुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानून संशोधन गर्न सर्वोच्च अदालतले दिएको आदेश सात वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । रासस