२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३२.७२ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३२ अंकले वृद्धि भएको छ ।

मंगलवार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंकले बढेको छ ।

मंगलवार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । गत बिहीवार करिव साढे ५ अर्बको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये मंगलवार बैंकिङ उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.१२ प्रतिशत,जलविद्युत उपसमूहको परिसूचक ५.०४ प्रतिशत, वित्त उपसमूहको परिसूचक यस दिन साढे ३ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बैंक उपसमूहको परिसूचक भने ०.३२ प्रतिशत घटेको छ ।

मंगलवार नेप्सेपरिसूचकमा वृद्धि भएसँगै ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा ग्रीन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज अपि पावर कम्पनीको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।