१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहमदाबाद श्रृङ्खलाबद्ध बम विस्फोट मामिलामा ३८ जनालाई फाँसी, ११ लाई जन्मकैद



अ+ अ-

अहमादाबाद । गुजरातको अहमदाबादमा सन् २००८ मा भएको श्रृङ्खलाबद्ध विस्फोटका घटनामा एक विशेष अदालतले ३८ लाई मृत्युदण्ड र ११ लाई आजीवन कारावासको सजाय सुनाएको छ । अदालतले ४९ दोषीहरूलाई सजायको घोषणा गनुका साथै घाइतेहरूलाई क्षतिपूर्ति दिने फैसला गरेको छ । 

बम विष्फोट मुद्दामा १३ वर्षपछि आएको फैसलामा विशेष न्यायाधीश एआर पटेलले सात हजार १५ पृष्ठको फैसला सुनाएका हुन् ।

अभियोजन पक्षको तर्फबाट अदालतले सबै दोषीलाई मृत्युदण्डको माग गरेको थियो । सोही क्रममा बचाव पक्षले पुनरावेदन अदालतमा कम्तिमा सजायको माग गरेको थियो ।

उल्लेखनीय छ कि अहमदाबाद विस्फोट मामिलामा सत्र अदालतका न्यायाधीश एआर पटेलले फेब्रुअरी ८ मा फैसला सुनाउँदै ४९ आरोपीलाई दोषी ठहर गरेका थिए। अदालतले ७७ अभियुक्तमध्ये २८ जनालाई सफाइ दिएको थियो ।

सन् २००८ मा अहमदाबादमा श्रृङ्खलाबद्ध बम विस्फोट भएको थियो । उक्त घटनामा ५६ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएका थिए । एजेन्सी

 




भर्खरै