अहमादाबाद । गुजरातको अहमदाबादमा सन् २००८ मा भएको श्रृङ्खलाबद्ध विस्फोटका घटनामा एक विशेष अदालतले ३८ लाई मृत्युदण्ड र ११ लाई आजीवन कारावासको सजाय सुनाएको छ । अदालतले ४९ दोषीहरूलाई सजायको घोषणा गनुका साथै घाइतेहरूलाई क्षतिपूर्ति दिने फैसला गरेको छ ।
बम विष्फोट मुद्दामा १३ वर्षपछि आएको फैसलामा विशेष न्यायाधीश एआर पटेलले सात हजार १५ पृष्ठको फैसला सुनाएका हुन् ।
अभियोजन पक्षको तर्फबाट अदालतले सबै दोषीलाई मृत्युदण्डको माग गरेको थियो । सोही क्रममा बचाव पक्षले पुनरावेदन अदालतमा कम्तिमा सजायको माग गरेको थियो ।
उल्लेखनीय छ कि अहमदाबाद विस्फोट मामिलामा सत्र अदालतका न्यायाधीश एआर पटेलले फेब्रुअरी ८ मा फैसला सुनाउँदै ४९ आरोपीलाई दोषी ठहर गरेका थिए। अदालतले ७७ अभियुक्तमध्ये २८ जनालाई सफाइ दिएको थियो ।
सन् २००८ मा अहमदाबादमा श्रृङ्खलाबद्ध बम विस्फोट भएको थियो । उक्त घटनामा ५६ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएका थिए । एजेन्सी