• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

स्वास्थ्यमन्त्री गिरीद्वारा पदभार ग्रहण



काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिए लगत्तै गिरीले मन्त्रालय पुगेर पदभा ग्रहण गर्नुभएको हो ।

गिरीले पदभार ग्रहण गर्दै स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागु गराउने निर्णय गर्नुभएको छ । उहाँले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्र्तगत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा दुई पटकसम्म लगातार हराउनुभएका गिरीे जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुनुहुन्छ ।

यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

विसं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । विसं २०४७ मा अखिल पाँचौँमा सङ्गठित गिरी पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सदस्य, उपसभापति हुँदै सभापति बन्नु भएको थियो ।

विसं २०७२ मा आठौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएका गिरी २०७५ मा गण्डकी प्रदेश कमिटी सदस्य बन्नुभएको थियो ।

उहाँसँगै स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पनि पदभार ग्रहण गर्नुभएको छ ।