• १४ मंसिर २०८०, बिहीबार
  •      Thu Nov 30 2023
  •   Unicode
Logo
Latest
★   कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत ★   स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी नियुक्त ★   अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो: ओली ★   सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला ★   खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद ★   नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालत पाटनले भोलि आदेश सुनाउने ★   पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको केभहिल ★   बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ★   नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आह्वान ★   बैतडीमा नेकपा एसका जिल्ला अध्यक्षसहित नेता-कार्यकर्ता एमाले फर्किए

एमसीसी: आन्तरिक राजनीतिमा किचलो गर्न ल्याईयो- झाक्रि, पारित गर्नुपर्छ- कोईराला (भिडियोसहित)



काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाका लागि चाहेर वा नचाहेर बनेको बताउनुभयो।

उहाँले एमसीसी जस्ता विषयहरु नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताउनुभयो  उहाँले सरकारमा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रिपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको बताउनुभयो । मन्त्री झाँक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयबाट सरकार टाढा रहनु उचित हुने पनि बताउनुभयो ।

मन्त्री झाँक्रीले भन्नुभयो, “नेपालमा पछिल्लो गठबन्धन एउटा बाध्यताको उपज हो र हामीले एउटा लोकतान्त्रिक व्यवस्थाभित्र राजनीतिक प्रणाली स्थापित गर्यौं, त्यसको रक्षाका लागि चाहेर वा नचाहेर बनेको गठबन्धन हो । अरु यस्ता एमसीसीलगायतका इस्यूहरु थिए, ती पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो । त्यसमा अन्तर्राष्ट्रिय कमिटमेन्टहरु छन् नेपालको तर्फबाट । प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो ? त्यसले धेरै कुराको निर्धारण गर्दैन । नेपालको कमिटमेन्ट हो । त्यसप्रतिको दायित्व नेपाल सरकारले लिनुपर्ने भएकोले प्रधानमन्त्रीले आफ्ना धारण राखिरहनुभएको छ । म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकाले प्रधानमन्त्रीले राखेको धारणाभन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन । यी विषयहरु नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढङ्गले किचलो हाल्नका लागि ल्याइएका हुन् । यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ ।”

त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा शशाङ्क कोइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उहाँले आफ्नो निर्णयहरु बारम्बार भनिरहेको पनि बताउनुभयो । सांसद कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरु उभिरहेको छ । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ । अमेरिकी सेना यहाँ आउँछन् । धेरै कुराहरु छन् । ९ वटा मुलुकमा एमसीसी जुन चलिरहेको छ त्यसमा त कोही सेनाहरु परिचालन भएका छैनन् । त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ । शेरबहादुरजीको अघि दुई उपाय छन् । एउटा एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो । यो अप्सन उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नुहुन्छ । एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ । दुईमध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ । एमसीसी पारित गरौँ भन्ने मेरो सल्लाह हो । किनभने पाँच सय मिलियन डलर धेरै हो । यसले ट्रान्समिसन लाइनदेखि बाटोसम्मको यत्रो ठूलो अनुदान हतपति कसैले दिँदैन । यसको पछि उनीहरुको कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ ।”

सांसद कोइरालाले अमेरिकाले जस्तो एमसीसी परियोजनाको सहयोग आजसम्म कुनै देशले नदिएको र यसमा अमेरिकाको कुनै स्वार्थ नरहेको समेत दाबी गर्नुभयो ।